काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनौट भएको यू-१९ टिमका हरेक सदस्यलाई एक एक लाख नगद पुरस्कार दिने भएको छ ।
नेपाली टोलीले युएईलाई पराजित गर्दै २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनौट भएपछि क्यानले एक एक लाख नगद पुरस्कार दिने घोषणा गरेको हो ।
साथै क्यानले युवा खेलाडीलाई प्रत्साहन गर्न सरकारसँग पनि आग्रह गरेको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि विश्वकपमा छनौट भएका युवा खेलाडीलाई बधाई दिदै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
युएईमा जारी यू-१९ विश्वकपको एशिया क्षेत्रको छनौटमा नेपालले खेलेका पाँचै खेलमा जित हासिल गरेर विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।



