शनिबार, श्रावण ३० गते २०८३
images
images

एल क्लासिको : रियलको मैदानमा बार्सिलोना विजयी

एक्सप्रेस पाना
फाल्गुण १९, २०७९ शुक्रबार
  • 234
    SHARES
  • एल क्लासिको : रियलको मैदानमा बार्सिलोना विजयी

    काठमाडौँ । स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे अन्तर्गतको एल क्लासिको बार्सिलोना विजयी भएको छ ।

    images

    बिहिवार राति भएको खेलमा कोपा डेल रे अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा बार्सिलोनाले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    रियल म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा खेलको २६औं मिनेटमा रियलका एडर मिलिताओले गरेको आत्मघाती गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    images

    यो जितपछि बार्सिलोनाले सेमिफाइनलको पहिलो लिगमा १-० को अग्रता हासिल गरेको छ । अब दोस्रो लिग अप्रिल ५ मा बार्सिलोनाको घरेलु मैदानमा हुने छ ।

    सेमिफाइनल अन्तर्गत नै भएको अर्को खेलमा ओसासुनाले एथलेटिक बिल्बाओलाई १-० लो पराजित गर्दै पहिलो लिगमा अग्रता हासिल गरेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल