काठमाडौं । यूएईमा जारी आईसिसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशिय सिरिजमा पपुवा न्यु गिनि (पीएनजी)लाई नेपालले ३ पराजित गरेको छ ।
दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको पीएनजीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
ओपनर आशिफ शेखको अर्धशतकीय इनिङ्समा नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्यू गिनीलाई पराजित गरेको छ।
नेपालका ओपनर आशिफले १३० बलमा ८६ रनको इनिङ्स खेले। उनले २ चौका र १ छक्का प्रहार गरे।
तल्लोक्रमका सन्दीप लामिछानेले ५० बलमा ३ चौकासहित ३५ रन बनाए। मध्यक्रमका कुशल मल्लले २३ रन बनाउँदा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
पपुवा न्यू गिनीका कप्तान असद भालाले सर्वाधिक ३ विकेट लिए।सेसे बाउ र सेमो कामेअले १/१ विकेट लिए।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियमा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनायो।
पपुवा न्युगिनीका ओपनर टोली उराले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा २ चौका र १ छक्का प्रहार गरे।
हिरि हिरिले ६३ बलमा २ चौका र १ छक्कासहित ३१ रन बनाए। अर्का ओपनर किप्लिन डोरिगाले २६, गौडी टोकाले १५, हिला भारेले १४, सेसे बाउ र कप्तान असद भालाले ११/११ रन बनाए।
नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए। सन्दीप लामिछाने, करण केसी र कुशल मल्लको नाममा १/१ विकेट रह्यो।
उक्त जितसँगै नेपालले ३१ खेलबाट ३० अंक जोडेको छ। नेपाल अंक तालिकामा छैटौँ स्थानमा छ। पराजित पपुवा न्यू गिनीसमान खेलबाट ७ अंक जोड्दै पुछारमा छ।



