शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने प्रचण्डको निर्देशन

एक्सप्रेस पाना
फाल्गुण २१, २०७९ आइतबार
  • 263
    SHARES
  • सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने प्रचण्डको निर्देशन

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।

    images

    माओवादी सुदूरपश्चिम संसदीय दलले पत्र लेखेपछि प्रचण्डले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिएका हुन् । प्रचण्डको निर्देशनपछि अहिले माओवादी दलको बैठकले निर्णय गर्ने बुझिएको छ ।

    मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् । शाहलाई विश्वासको मत दिन गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी तयार रहेपनि माओवादी केन्द्रले विश्वासको मत दिन आनाकानी गरेको थियो ।

    images

    ५३ सदस्यीय सुदुरपश्चिममा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १-१ रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड