काठमाडौँ । युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत एकदिवसीय सिरिजको अन्तिम खेल आज नेपालले घरेलु टोली युएईसँग खेल्दैछ ।
नेपाल र युएईबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा सुरु हुनेछ । पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको थियो ।
आजको खेलमा युएईविरुद्ध जित हात पारे नेपाल लिग २ को पाँचौ स्थानमा उक्लिने छ । सिरिजको तेस्रो खेलमा आइतबार युएईले पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सीमित भएको छ ।
यता नेपालको ३१ खेलमा ३० अंक छ । अंक तालिका अनुसार युएई पाँचौ तथा नेपाल चौथो स्थानमा रहेका छन् । आजको खेलमा जित हात पारे नेपालको ३२ अंक हुनेछ र नेपाल पाँचौ स्थानमा उक्लिनेछ ।



