काठमाडौँ । यूएईमा जारी आसिसी विश्वकप क्रिकेट लिग २ मा नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ ।
यूएईमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो ।
कुनै समय ६८ रनमा ५ विकेट गुमाएको नेपाललका लागि भीम सार्कीले सबैभन्दा बढी ७० रन बनाए । यस्तै, आरिफ शेखले अविजित ४३ कुशल मल्लले ३२ र सन्दीप लामिछानेले २७ रन बनाउँदा करण केशीले १७, ज्ञानेन्द्र मल्लले ११, आसिफ शेखले ६, दिपेन्द्रसिंह ऐरीले ४ र रोहित पौडेलले १ रन आउट भए ।
नियमित ओपनर कुशल भुर्तेल घाइते भएपछि आज ज्ञानेन्द्र मल्ल र आसिफ शेखले ओपनिङ गरेको खेलमा १४ रन हुँदा नेपालको पहिलो विकेट गुमेको थियो । त्यस्तै, ३४ मा दोस्रो, ४९ मा तेस्रो, ५९ मा चौथो, ६८ मा पाचौँ विकेट गएको थियो । छैटौ विकेटका लागि भीम र सन्दिपले ५२ तथा सातौँ विकेटका लागि ५५ रनको साझेदारी गर्दै नेपाली इनिङ उकासे ।



