शुक्रबार, श्रावण २९ गते २०८३
images
images

युएईमाथि नेपाल ४२ रनले विजयी

एक्सप्रेस पाना
फाल्गुण २२, २०७९ सोमबार
  • 297
    SHARES
  • युएईमाथि नेपाल ४२ रनले विजयी

    काठमाडौँ । यूएईमा जारी आइसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले युएईलाई पराजित गरेको छ ।

    images

    नेपालले दिएको २३० रनको लक्ष्य पछाएको युएई ४५ ओभरमा अल आउट हुदै १८७ रन मात्र बनाएपछि खेल नेपालले ४२ रनले जितेको हो । 

    युएईका लागि आसिफ खानले सर्बाधिक ८२ रन बनाए भने अर्याँ लाक्राले ५० रन बनाएका थिए । त्यस्तै व्रितय अरविन्दले १३ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    images

    त्यस्तै नेपाली बलर सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले ३/३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र आरिफ सेखले एक एक विकेट लिएका थिए ।

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै २२९ रन बनाएको थियो ।

    नेपालका लागि भीम सार्कीले सर्बाधिक ७० रन बनाएका थिए । भीमले आरिफ र सन्दीपसँग ५६/५६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्थानमा पुर्याएका थिए ।

    त्यस्तै नेपालका सन्दीप लामिछाने २७ रन बनाए भने कुशल मल्लले ३२ रन, रोहित पौडेलले १, ओपनर आसिफ सेखले ६ रन, ज्ञानेन्द्र मल्लले ११ रन, दिपेन्द्र सिंह ऐरीले ४, करण केसीले १७ रन  बनाएर आउट भएका थिए ।

    त्यस्तै आरिफ सेखले अविजित ४३ रन बनाए भने प्रतिस जिसीले अविजित ११ रन बनाएका थिए ।

    त्यस्तै युएईका बलर जुनैद सिद्धिकीले सर्बाधिक ३ विकेट लिए भने रोहन मुस्तफा र आर्यन लक्राले २/२ तथा कार्थिक मेईयाप्पनले एक विकेट लिएका थिए ।

    उक्त जितसँगै नेपाल आसिसी विश्वकप लिग २ मा युएईलाई पछि पार्दै पाँचौं स्थानमा उक्लिएको छ । नेपालको ३२ खेलमा ३२ अंक भएको छ भने युएईको ३२ खेलमा ३१ अंक रहेको छ ।

    अब नेपाल, युएई र पीएनजीकै त्रिकोणीय सिरिज आगामी विहिबारदेखि काठमाडौँमा हुने छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट