शुक्रबार, श्रावण २९ गते २०८३
images
images

युएई र पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली घोषणा

एक्सप्रेस पाना
फाल्गुण २४, २०७९ बुधबार
  • 266
    SHARES
  • युएई र पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि १४ सदस्यी क्रिकेट टोली घोषणा गरेको छ ।

    images

    बिहीबार देखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि क्यानले मंगलबार मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको छ । क्यानले युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीलाई भने टिममा फर्काएको छ । तर, अन्य खेलाडी कुनै परिवर्तन गरेको छैन ।

    नेपालले बिहीबार टियु मैदानमा पपुवा न्युगिनीसँग खेल्दैछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।

    images

    नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी ।

    त्यस्तै रिजर्भ खेलाडीको रुपमा सन्दीप जोरा, श्याम ढकाल, कमल सिंह ऐरी र अर्जुन साउदलाई राखिएको छ । 

    May be an image of ‎text that says '‎#CWCL2 MEN' CRICKET WORLD CUP LEAGUE 2 MARCH 16 KIRTIPUR, NEPAL های CAN SQUAD ANNOUNCEMENT ROHIT PAUDEL KUSHAL BHURTEL AASIF SHEIKH GYANENDRA MALLA DIPENDRA SINGH AIREE SANDEEP LAMICHHANE KARAN Kc PRATIS GC KUSHAL MALLA AARIF SHEIKH SOMPAL KAMI GULSHAN JHA BHIM SHARKI LALIT RAJBANSHI RESERVES SUNDEEP JORA SHYAM DHAKAL KAMAL SINGH AIREE ARJUN SAUD (MAUSAM) @CricketAssociationofNepal @CricketNep @CANOfficialNepal f/CirceAsociatonONealOffcialaA‎'‎

  • सम्बन्धित विषय:

  • # क्रिकेट