शुक्रबार, भाद्र २६ गते २०८३
images

अभिनेत्री सुरक्षाले गरिन् बिहे

एक्सप्रेस पाना
फाल्गुण २५, २०७९ बिहीबार
  • 215
    SHARES
  • अभिनेत्री सुरक्षाले गरिन् बिहे

    अभिनेत्री सुरक्षा पन्तले विवाह गरेकी छन्।

    images

    उनले अभिनेता मानव सुवेदीसँग विवाह गरेकी हुन्। सुरक्षाले सामाजिक सञ्जालमा बिहेको तस्बिर सार्वजनिक गरेकी छन्। 

    ‘शुभविवाह,’ उनले लेखेकी छन्। उनीहरूले नजिकका आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्। 

    images

    उनीहरूको विवाह समारोह चितवनको सौराहामा भइरहेको छ।

    May be an image of 2 people and indoor

    मानवले फिल्म 'अन्तराल' र 'चिनी कम रङ कडा' मा अभिनय गरेका छन्। यतिबेला उनी छोटा फिल्म निर्देशन गर्दैछन्।

    सुरक्षा पन्त अभिनीत फिल्म ‘बहाव’ चैत २४ गतेदेखि प्रदर्शन हुँदैछ। प्रमोद कँडेल लिखित तथा निर्देशित फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायत कलाकारको अभिनय छ।

    त्यस्तै उनी अभिनीत फिल्म ‘बुलाकी’ वैशाख १ गतेदेखि प्रदर्शन हुँदैछ। लक्ष्मण सुनारको निर्देशन गरेको फिल्म ‘बुलाकी’ जारी प्रथामा आधारित छ। 

    टोपेन्द्र विष्टले निर्माण गरेको फिल्ममा सुरक्षा पन्तसँगै नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशिल पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीलगायत कलाकारको अभिनय छ। फिल्मलाई शिव ढकालले खिचेका हुन्।

    May be an image of 2 people, people standing and outdoors