शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

एक्सप्रेस पाना
फाल्गुण २५, २०७९ बिहीबार
  • 228
    SHARES
  • प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

    काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट हेर्न नभ्याइने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा प्रारम्भिक सुनुवाइका लागी पेशी राखिएको थियो । 

    images

    तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखेका हुन् ।

    द्वन्दकालको मुद्दामा प्रचण्डलाई कारबाही हुनुपर्ने माग राखेर अधिवक्ता ज्ञानेन्द्रराज आरण समेतले सर्वोच्चमा रिट दर्ता गराएका थिए । प्रचण्डविरुद्ध आरण र चिरञ्जिविवास गिरीले फागुन २३ मा मुद्दा दायर गरेका हुन् । 

    images

    २०७६ मा प्रचण्डले द्वन्दकालमा मारिएकाहरुको जिम्मा लिनैपरे आफूले ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएका थिए । 

  • सम्बन्धित विषय:

  • # प्रचण्ड