शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पीएनजीद्वारा यूएईलाई २४७ रनको लक्ष्य 

एक्सप्रेस पाना
फाल्गुण २६, २०७९ शुक्रबार
  • 426
    SHARES
  • पीएनजीद्वारा यूएईलाई २४७ रनको लक्ष्य 

    काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसिसी विश्वकप लिग २ अन्तर्गत अन्तिम सिरीजको खेलमा पीएनजीले यूएईलाई २४७ रनको लक्ष्य दिएको छ । 

    images

    त्रिवि क्रिकेट मैदनामा टस हारेर पहिले ब्याटिंग थाले पीएनजीले निधारित ५० ओभरमा ९ विकट गुमाएर २४६ रन बनायो । 

    पीएनजीको लागि सेसे बाउले सर्वाधिक ८१ रन बनाए । उनले १०६ बलमा ८१ रनसहित अविजित रहे । यस्तै हिरि हिरि ७७ रन, किप्लिन डोरिगाले ५५ रन बनाउँदा नर्मन भानुआ र चाड सोपरले समान १० रन बनाए । 

    images

    यता यूएईका लागि आर्यन खानले ३ विकेट, जुनैद सिद्दिकी र जाहोर खानले २ विकेट लिए । 

    यसअघि हिजो भएको पहिलो खेलमा पीएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट