शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

एक्सप्रेस पाना
फाल्गुण २६, २०७९ शुक्रबार
  • 276
    SHARES
  • प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

    काठमाडौं । सर्वाेच्च अदालतले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । माओवादी द्वन्द्वकालीन घटना र सोही घटनाका सम्बन्धमा तीन वर्षअघि दिएको अभिव्यक्तिलाई साबिती बयानको आधार लिँदै गत मंगलबार सर्वाेच्च अदालतमा दुईवटा छुट्टाछुट्टै रिट परेका थिए ।

    images

    उक्त अभिव्यक्तिलाई युद्धकालमा मारिएका व्यक्तिको हत्यालाई स्वकार्दै साबिती बयान दिएको भन्दै ज्ञानेन्द्रराज आरणसहित र चिरन्जीविवास गिरीसमेतले गत मंगलबार छुट्टाछुट्टै रिट दायर गर्दै तत्काल  प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अन्तरिम आदेशको माग गरेका छन् । 

    सोही रिटमाथि सुनुवाइ गर्दै शुक्रबार सर्वाेच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले निवेदकको माग बमोजिम आदेश किन जारी गर्नुनपर्ने भन्दै १५ दिनभित्र प्रचण्ड आफैंलाई वा वारिसमार्फत महान्यायाधिवक्ता कार्यालयमार्फत जवाफ पेस गर्न आदेश दिएको हो । साथै इजलासले उक्त मुद्दालाई अग्राधिकारसमेत दिएको छ । 

    images

    १ माघ २०७६ मा टुंडिखेलमा माघी पर्वमा अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी युद्धकालमा मारिएका १७ हजारमध्ये पाँच हजारको आफूले नैतिक जिम्मेवारी लिने बताएका थिए । 

  • सम्बन्धित विषय:

  • # प्रचण्ड