शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पाँचपोखरी टी-२० क्रिकेटमा भोताङको विजयी सुरुवात

एक्सप्रेस पाना
फाल्गुण २७, २०७९ शनिबार
  • 343
    SHARES
  • पाँचपोखरी टी-२० क्रिकेटमा भोताङको विजयी सुरुवात

    काठमाडौं । पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको ब्यबस्थापनमा शनिबारबाट सुरुभएको पाचौँ संस्करणको पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा पाँचपोखरी भोताङ क्रिकेट टीमले विजयी सुरुवात गरेको छ । 

    images

    मूलपानी क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा मेलम्ची नगरपालिकालाई ७२ रनले पराजित गर्दै भोताङले सुखद सुरुवात गरेको हो । खेलको म्यान अफ दी म्याच भोताङ क्रिकेट टीमका दावा लामा भए ।

    आगामी चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको उद्घाटन गर्दे पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासि लामाले आफ्नो पालिका तथा सिन्धुपाल्चोक जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरुको उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य बोल्दै सिन्धुपाल्चोकको क्रिकेट अभियन्ता  विजय कुमार धितालले पाँचपोखरी थाङपाल गाउँपालिकाले क्रिकेट खेलको बिकासका लागि गरेको प्रयास सहनीय रहेको बताउनुभयो ।

    images

    कार्यक्रममा नेपाल क्रिकेट संघ ९क्यान० का कार्यबाहक सचिब दुर्गाराज पाठक, गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी, बौद्ध प्रहरीबृतका प्रमुख प्रहरी नायव उपरिक्षक हरी बहादुर बस्नेत लगायतको उपस्थिती रहेको खेलकुद विकास समितिका प्रमुख ग्याल्बो साम्देनले जानकारी दिनुभयो । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका सात वटा टोलीको सहभागिता रहेकोछ ।

    प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताभरकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए)ले यस प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एकवर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट