शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रोहितको कीर्तिमानी अर्धशतकमा युएईलाई २४९ रनको लक्ष्य

एक्सप्रेस पाना
फाल्गुण २८, २०७९ आइतबार
  • 285
    SHARES
  • रोहितको कीर्तिमानी अर्धशतकमा युएईलाई २४९ रनको लक्ष्य

    काठमाडौं । आईसिसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत घरेलु टोली नेपालले पाहुना टोली युएईलाई २४९ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    images

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएपछि युएईले २४९ रनको लक्ष्य पाएको हो । 

    ४.३ ओभरमै दुबै ओपनरसहित तेस्रो विकेट गुमाएको नेपाललका लागि कप्तान रोहित र भिम सार्कीले उकासेका थिए । 

    images

    कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेले । उनले ११२ बदमा ९ चौकासहित ७७ रनमा आउट भए । यो सँगै उनले नेपालका लागि ४२ एकदिवसीय अन्तराष्ट्रियमा आठौं अर्धशतक बनाएका हुन् । जुन नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि पूरागेको सबैभन्दा धेरै अर्धशतक हो । रोहितको नाममा १ शतक समेत रहेको छ ।

    यस्तै ओपनर कुशल भुर्तेल ८ रन , कुशल मल्ल ९ रन, आशिफ सेख शूून्य रनमा आउटल भए । आसिफ सेखले ४३ र बनाउँदा भिम सार्कीले २९ रन, गुलसन झा ३२ बलमा ३७ रन र दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । 

    पाहुना टोली युएईको लागि आर्यन खान, रोहन मुस्तफा र जवर फरीदले समान २ विकेट लिए । अर्यन लाकेरा र जुनैद सिद्दिकीले समना १ विकेट लिए । 

    यस सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको थियो भने युएई पीएनजीसँग पराजित भएको छ ।

    नेपाल हाल आइसीसी विश्वकप लिग९२ मा ३३ खेलबाट ३४ अंकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै युएई ३३ खेलबाट ३१ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै पिएनजी ३४ खेलमा ११ अंकसहित पुछारमा रहेको छ ।

    शुक्रबार सम्पन्न खेलमा पीएनजीसँग पराजित भएसँगै युएईको अब शिर्ष तीनमा रहेर विश्वकप छनौटमा पर्ने सम्भावना समाप्त भएको छ ।

    त्यस्तै नेपालले भने अब आफ्ना बाँकी तीन खेल जितेमा शिर्ष तीनमा रहेर विश्वकप छनौट खेल्ने सम्भावना कायम रहेको छ । त्यस्तै एकदिवसीय मान्यता जोगाउनको लागि भने नेपालले एक जित पर्याप्त हुने छ । 

    लिगमा स्कटल्याण्ड र ओमान पहिलो र दोस्रो स्थानमा रहदै विश्वकप छनौटमा पुगिसकेका छन् । 

    आजको नेपालको प्लेइङ ११ रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, गुलशन झा, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी र सन्दीप लामिछाने ।  

  • सम्बन्धित विषय:

  • # क्रिकेट