काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले दिएको २४९ रनको लक्ष्य पछयाइरहेको युएईले पाँचौं विकेट गुमाएको छ ।
नेपालका लागि ललित राजबंशी २ , सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान १/१ विकेट लिएका हुन् ।
यो समाचार तयार गरुन्जेल युएईले १४ ओभरमा ५ विकेट गुमाएर ३६ रन बनाएको छ ।
सन्दिपले रोहन मुस्तफालाई ६ रनमा आउट गराएसँगै युएईले ५ विकेट गुमाएको हो ।
यसअघि कप्तान मुहमद एक रन, वसीम वृत्य अरविन्द र आर्यन लेक्रारा शुन्य रन तथा आसिफ खान ६ रनमा आउट भएका थिए ।



