शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ललितको ५ विकेटमा युएईमाथि नेपालको सानदार जित

एक्सप्रेस पाना
फाल्गुण २८, २०७९ आइतबार
  • 315
    SHARES
  • ललितको ५ विकेटमा युएईमाथि नेपालको सानदार जित

    काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले युएईलाई पराजित गरेको छ । 

    images

    आइतबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले युएईलाई १७७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यो जित सँगै २ खेल अगाबै नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राखेको छ ।

    नेपालले दिएको २४९ रनको लक्ष्य पछायाएको युएई २२.५ ओभरमा अल आउट हुदै केवल ७१ रन बनाएको थियो ।

    images

    नेपालको जितमा ललित राजबंशीले ५ विकेट लिएका थिए । ललितले ७.५ ओभरमा २ मेडनसहित २० रन दिएर ५ विकेट लिएका थिए ।

    त्यस्तै सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले एक एक विकेट लिएका थिए ।

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ४९.२ ओभरमा अल आउट हुदै २४८ रन बनाएको थियो ।

    कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेले । उनले ११२ बदमा ९ चौकासहित ७७ रनमा आउट भए । यो सँगै उनले नेपालका लागि ४२ एकदिवसीय अन्तराष्ट्रियमा आठौं अर्धशतक बनाएका हुन् । जुन नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि पूरागेको सबैभन्दा धेरै अर्धशतक हो । रोहितको नाममा १ शतक समेत रहेको छ ।

    यस्तै ओपनर कुशल भुर्तेल ८ रन , कुशल मल्ल ९ रन, आशिफ सेख शूून्य रनमा आउटल भए । आसिफ सेखले ४३ र बनाउँदा भिम सार्कीले २९ रन, गुलसन झा ३२ बलमा ३७ रन र दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । 

    पाहुना टोली युएईको लागि आर्यन खान, रोहन मुस्तफा र जवर फरीदले समान २ विकेट लिए । अर्यन लाकेरा र जुनैद सिद्दिकीले समना १ विकेट लिए । 

    यस सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको थियो भने युएई पीएनजीसँग पराजित भएको छ ।

    उक्त जितसँगै नेपाल आइसीसी विश्वकप लिग २ मा ३४ खेलबाट ३६ अंकसहित चौंथो स्थानमा उक्लिएको छ । त्यस्तै युएई ३४ खेलबाट ३१ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै पिएनजी ३४ खेलमा ११ अंकसहित पुछारमा रहेको छ ।

    लिगमा स्कटल्याण्ड र ओमान पहिलो र दोस्रो स्थानमा रहदै विश्वकप छनौटमा पुगिसकेका छन् । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट