काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम सिरिज अन्तर्गत आज नेपाल र पपुवा न्युगिनी ९पीएनजी० बीच खेल हुदै छ । खेल टियु क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि शुरु हुदै छ ।
पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा युएईलाई आइतबार १७७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस्तै आजको खेलमा जित निकाल्दै लगातार घरेलु मैदानमा ति निकाल्ने दाउमा रहेको छ ।
त्यस्तै पीएनजीले युएईविरुद्धको खेल जितेको थियो ।
नेपाल हाल आइसीसी विश्वकप लिग-२ मा ३४ खेलबाट ३६ अंकसहित चौथो स्थानमा उक्लिएको छ । नेपालले आगामी चार बर्षका लागि आफ्नो एकदिवसीय मान्यता सुनिस्चित गरेको छ ।
त्यस्तै युएई ३४ खेलबाट ३१ अंकसहित छैटौं स्थानमा रहेको छ भने युएईले शिर्ष पाँचमा रहेर सिधै एकदिवसीय मान्यता कायम राख्ने अवसर गुमाएको छ । अब युएईले विश्वकप छनौटको प्लेअफ खेल्नुपर्ने छ ।
त्यस्तै पिएनजी ३४ खेलमा ११ अंकसहित पुछारमा रहेको छ । नेपालले भने अब आजसहितका दुई जितेर शिर्ष तीनमा रहेदै विश्वकप छनौट खेल्ने लक्ष्यमा नजिक रहेको छ ।
लिगमा स्कटल्याण्ड र ओमान पहिलो र दोस्रो स्थानमा रहदै विश्वकप छनौटमा पुगिसकेका छन् ।
अब शिर्ष तीनमा नामिबिया र नेपाल मध्ये एक हुने निश्चित भएको छ । नामिबिया अहिले ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल चौथो स्थानमा रहेको छ । त्यस्तै आइतबार युएई नेपालसँग हारेसँगै अमेरिकाको एकदिवसीय मान्यता जोगिएको छ ।



