शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप पुर्याउने क्रिकेटरलाई सुदूरपश्चिम सरकारले एक लाख दिने

एक्सप्रेस पाना
फाल्गुण २९, २०७९ सोमबार
  • 250
    SHARES
  • विश्वकप पुर्याउने क्रिकेटरलाई सुदूरपश्चिम सरकारले एक लाख दिने

    काठमाडौं । यू-१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका क्रिकेटरहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एकलाख पुरस्कार दिने घोषणा गरेको छ ।

    images

    हालै युएईमा सम्पन्न एसिया छनौटमा अपराजित रहदैं च्याम्पियन बनेको नेपाल सन् २०२४ मा हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो । नेपालको उक्त टोलीका सदस्य रहेका सुदूरपश्चिम घर भएका पाँच खेलाडीले प्रतिनिधित्व गरेका थिए ।  

    सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका  पाँच खेलाडी जनही एक लाख र चार टिम अफिसियललाई जनही ५० हजार दिने घोषणा गरेको हो । 

    images

    नेपाली यू-१९ क्रिकेट टोलीमा सुदूरपश्चिमका दीपक बोहरा,दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द रहेका थिए । यस्तै टिम अफिसियलमा मुख्य प्रशिक्षक जगत टमटा,सहायक प्रशिक्षक धिरेन्द्र चन्द, व्यवस्थापक बिक्रम विष्ट,फिजियो पुरन तिरुवा रहेका थिए ।   

    नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको विषेश पहलमा सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार दिने घोषणा गरेको हो । चन्दको सुदूरपश्चिम गृह प्रदेश पनि हो ।  

    प्रदेश सरकारले पुरस्कार दिने घोषणा गरेकोमा खुसी व्यक्त गर्दै यो प्रोत्साहनले अगामी दिनमा पनि क्रिकेट लागिरहन हौसला मिलेको खेलाडी दीपक बोहराले बताए । 

    सुदूरपश्चिम प्रदेश सरकारले  खेलाडी र टिम अफिसियललाई पुरस्कार दिने घोषणा गर्ने कार्य निकै सह्रानिय रहेको क्रिकेट संघका अध्यक्ष चन्दको भनाई छ । अन्य प्रदेशले पनि सुदूरपश्चिम सरकारको सिको गरेर खेल र खेलाडीप्रती सम्मान गर्न आग्रह गरिएको छ । पुरस्कारले खेलाडीलाई खेलप्रति लागिरहन हौसला मिल्ने चन्दले बताए ।  

    नेपालले २०१६ को विश्वकप पछि पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । विश्वकपमा छनोट भएको उक्त टोलीका सदस्यलाई नेपाल क्रिकेट संघ क्यानले जनही एक लाख रुपैँयाको पुरस्कार दिने घोषणा समेत गरेको छ ।
     

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट