शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पीएनजीमाथि नेपालको सानदार जित

एक्सप्रेस पाना
फाल्गुण २९, २०७९ सोमबार
  • 253
    SHARES
  • पीएनजीमाथि नेपालको सानदार जित

    काठमाडौं । त्रिबि क्रिकेट मैदानमा जारी आईसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्ग त्रिदेशीय सिरिजमा नेपालले आफ्नो ३५औं खेलमा पीएनजीलाई ९ विकेटले पराजित गरेको छ । 

    images

    पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमा १ विकटे गुमाएर पुरा गर्यो । 

    नेपालको जितमा ओपनर अशिफ शेखले ५३ रन र कुशल भुर्तेलले ३३ रन बनाएर आउट भए । यस्तै कुशल मल्ल १२ रनमा अविजित रहे । 

    images

    त्यसअघि पहिले ब्याटि गरेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो ।,

    उक्त जितसँगै नेपालले ३५ खेलबाट ३८ अंक जोड्दै चौथो स्थानमा रहेको छ । नेपालले अब लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा यूएईसँग बिहिबार खेल्नेछ । यो खेल जितेको खण्डमा नेपालले सिधा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ । 

    लिगमा स्कटल्याण्ड र ओमान पहिलो र दोस्रो स्थानमा रहदै विश्वकप छनौटमा पुगिसकेका छन् । 

    अब शिर्ष तीनमा नामिबिया र नेपाल मध्ये एक हुने निश्चित भएको छ । नामिबिया अहिले ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल चौथो स्थानमा रहेको छ । त्यस्तै आइतबार युएई नेपालसँग हारेसँगै अमेरिकाको एकदिवसीय मान्यता जोगिएको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट