शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पाँचपोखरी टी२० : ह्योल्मो र भोताङ विजयी

एक्सप्रेस पाना
फाल्गुण २९, २०७९ सोमबार
  • 374
    SHARES
  • पाँचपोखरी टी२० : ह्योल्मो र भोताङ विजयी


    पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको ब्यबस्थापनमा शनिबारबाट सुरु भएको पाचौँ संस्करणको पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता को तेश्रो दिन ह्योल्मो र भोताङ विजयी भएका छन्।

    images

    आज पहिलो खेलमा ह्योल्मो इलाभेन बिरुद्ध मेलम्ची नगरपालिका भएको खेलमा ह्योल्मो एलाभेनले टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय गरेको थियो पहिले ब्याटिंग गरेको मेलम्ची नगरपालिकाका कुनै पनि खेलाडीले दोहोरो अंक कटाउन नसक्दा ह्योल्मो इलाभेनले ४८ रन को लक्ष्य प्राप्त गरेको थियो। जुन लक्ष्य ह्योल्मो इलाभेनले ४ ओवर ४ बलमा भेटाएको थियो। ४ ओभरमा ८ रन दिएर ३ महत्वपूर्ण विकेट लिएकाका ह्योल्मो एलाभेन बलर नाम्गिल चेतन म्यान अफ द म्याच घोषित भए।

    त्यसै गरी आजकै दोश्रो खेलमा क्रिकेट क्लब बार्हबिसेले टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिंग गरेको पाँचपोखरी भोताङ क्रिकेट टीमले पासांग दोर्जे तामांगको अर्धशतकको मदतले १४१ रन बनाउन सफल भएको थियो। पासांग ६० बलमा ७ चौकाको मदतले अविजित ६६ रन बनाए। क्रिकेट क्लब बार्हबिसेका बलर रचित आचार्यले ४ ओवरमा २६ रन खर्चेर ३ विकेट लिएका थिए।

    images

    लक्ष्य पछ्याउने क्रममा क्रिकेट क्लब बार्हबिसे १३ ओवर ४ बलमा ८३ रन मा अल आउट भएको थियो। क्रिकेट क्लब बार्हबिसेलाइ अल आउट गर्ने क्रममा पाँचपोखरी भोताङ क्रिकेट टीमका बलर करन स्याङ्ग्बोले महत्वपूर्ण ५ विकेट लिए र ऊनी म्यान अफ द म्याच भए

    फागुन २७ देखि चैत ३ गतेसम्म आयोजना हुने सिन्धुपाल्चोक जिल्लाका सात वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक माउन्ट शेर्पा ट्राभल एंड टुरिजम रहेको छ।

    प्रतियोगिताको विजेताले रू ८० हजार र उपविजेताले रू ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताभरकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले यस प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एकवर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट