शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सन्दीप दुर्लभ विश्व कीर्तिमान नजिक

एक्सप्रेस पाना
फाल्गुण २९, २०७९ सोमबार
  • 468
    SHARES
  • सन्दीप दुर्लभ विश्व कीर्तिमान नजिक

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने दुर्लभ विश्व कीर्तिमान नजिक छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा अफगानिस्तानका बलर राशिद खानको सबैभन्दा छिटो १०० विकेटको विश्व कीर्तिमान तोड् नजिक सन्दीप रहेका छन् । सन्दीपले ४० खेलबाट ९८ विकेट लिएका छन् । जुन राशिदको भन्दा मात्रै २ विकेटले कम हो । 

    images

    सोमबार पपुवा न्युगिनीलाई नेपालले ९५ रनमा अलआउट गर्दा सन्दीपले ५ विकेट लिए । उक्त खेलमा सन्दीप प्लेयर अफ द म्याच पनि चुनिए । सन्दीपले लिएको यो पाँच विकेटसँगै उनी विश्व कीर्तिमान नजिक पुगेको हुन् । अब उनले दुई विकेट लिए ओडीआईमा सबैभन्दा छिटो सय विकेट लिने राशिद खानको विश्व कीर्तिमान बराबरी गर्नेछन् । त्यस्तै, तीन विकेट लिए उनले राशिदको त्यो दुर्लभ विश्व कीर्तिमान भंग गर्दै आफ्नो नाममा राख्ने छन् ।

    May be an image of 3 people, people standing, people playing sport and text

    images

    राशिदले ४४ खोलमा १०० विकेटको विश्व कीर्तिमान राखेका थिए । उनले सन् २०१८ मा वेष्ट इन्डिजविरुद्ध एक विकेट लिएसँगै यस्तो विश्व रेकर्ड राखेका थिए । उनले यसअघि अस्ट्रेलियाका मिचेल स्टार्कको रेकर्ड तोडेका थिए । स्टार्कले २०१६ मा ५२ खेलबाट सय विकेट पूरा गरेका थिए ।

    बिहीबार नेपालले यूएईविरुद्ध खेल्दैछ । सन्दीपले बिहीबार नै यूएईविरुद्धको खेलमा राशिदको रेकर्ड भंग गर्न सक्छन् ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट