शुक्रबार, भाद्र २६ गते २०८३
images

‘कतै म हराएँकी’ मा मिस पवी र उमेश (भिडियो)

एक्सप्रेस पाना
फाल्गुण ३०, २०७९ मंगलबार
  • 266
    SHARES
  • ‘कतै म हराएँकी’ मा मिस पवी र उमेश (भिडियो)

    ‘कतै म हराएँकी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा  गायक सुमन केसी र गायिका अनु चौधरीको स्वर रहेको छ । विष्णु भण्डारीका शब्द, सरोज पोखरेलको संगीत रहेको सार्वजनिक गीतमा टिकटक स्टार मिस पवी र उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ  ।

    images

    भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक उमेश भट्टले  कलात्मक शैलीमा देखाएका छन् । जसको कोरियाग्राफी राजिव समरले गरेका हुन् । 

    सुप्रिम पराजुलीको सम्पादन, अनिल के मानन्धरको छायांकन रहेको गीतमा दिवेश राईको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ रहेको छ । युवा उद्यमीसमेत रहेका मोडल उमेशले सान्बाबु, लुकिछिपी, लगायतका भिडियोमा अभिनय गरिसकेका छन् । 

    images

    उमेशले भोजपुरी फिल्म प्रेम गीतमा पनि शीर्ष भूमिकामा काम गरिसकेका छन् ।