काठमाडौं । साविको विजेता मछिन्द्र फुटबल क्लबले यस सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७९ मा पहिलो जित निकालेको छ ।
मछिन्द्रले नेपाल पुलिसमाथि २-१ गोलको पुनरागमन जित निकालेको हो ।
अन्जन राईले खेलको नौं मिनेटमा गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए । तर खेलको २०औं मिनेटमा मछिन्द्रको लागि ओववाले आफिजले गोल गरि खेल १-१ गोलको बराबरी अबस्थामा ल्याए । त्यसपछि खेलको ४०औं मिनेटमा पुन आफिजले गोल गरि खेलमा २-१ अग्रता दिलाए ।
दोस्रो हाफमा दुबै टोलीबाट थप गोल नहुँदा मछिन्द्रले जारी लिगमा पहिलो जित दर्ता गर्यो ।
उक्त जितसँगै मछिन्द्रले पहिलो जित निकालेको छ । सुरुवाती २ खेलमा पराजय भोगेको मछिन्द्रले पहिलो जित निकाल्न सफल भएको हो । मछिन्द्रले ४ खेलबाट ४ अंक बनाएको छ । यता पराजित पुलिस भने ४ खेलमै हार ब्यहोरदै पुछारमा रहेको छ ।



