शुक्रबार, श्रावण २९ गते २०८३
images
images

इंग्ल्याण्डविरुद्धको टी-२० सिरिजमा बंगलादेशको क्लिन स्वीप

एक्सप्रेस पाना
फाल्गुण ३०, २०७९ मंगलबार
  • 193
    SHARES
  • इंग्ल्याण्डविरुद्धको टी-२० सिरिजमा बंगलादेशको क्लिन स्वीप

    काठमाडौँ । बंगलादेशले इंग्ल्याण्डविरुद्धको टी-२० सिरिज क्लिन स्वीप गरेको छ ।  

    images

    सिरिजको तेस्रो तथा अन्तिम खेलमा बंगलादेशले इंग्ल्याण्डलाई १६ रनले हराउँदै तीन खेलको सिरिज क्लीन स्वीप गरेको हो ।

    बंगलादेशले दिएको १५९ रनको लक्ष्य पछाएको इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १४२ रन मात्र बनाएपछि खेल १६ रनले हारेको थियो ।

    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा २ विकेट गुमाउदै १५८ रन बनाएको थियो ।

    योसँगै बंगलादेशले पहिलो पटक इंल्याण्डविरुद्धको सिरिजमा क्लीन स्वीप गरेको छ ।

    यस खेलको प्लेयर अफ द म्याच लिटन दास बनेका छन् भने प्लेयर अफ द सिरिज नाजमूल होसैन शान्तो बनेका छन् ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट