काठमाडौं । यस सिजनको सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरण्को अन्तिम दुई खल आज हुँदै ।
आज हुने पहिलो खेमा दुई विभागिय टोली त्रिविभन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ बिच हुनेछ । यो खेल दिउँसो साढे २ बजे च्यासल रंगशालामा हुँदै छ ।
जारी सिजन ३ खेलमा एक जित, २ बराबरीसहित ५ अंक रहेको आर्मी दोस्रो जितको खोजिमा छ । उसले पहिलो खेलमा संकटा सँग गोलरहित बराबरी, दोस्रो खेलमा मछिन्द्रलाई २-० ले हराएको थियो भने तेस्रो खेलमा एनआटीसँग ३-३ गोलको बराबरी खेलको थियो ।
यस्तै यता एपीएफ पनि आजको खेलमा जित निकाल्दै दोस्रो जितको खोजिमा रहेको छ । जारी सिजन एक जित, एक बराबरी र एक हारसहित ४ अंक रहेको एपीएफले पहिलो खेलमा थ्री स्टारलाई २-० गोलले पराजित गरेको थियो ।
उता आजै हुने दोस्रो तथा यस सिजनको चौथो चरणको अन्तिम खेलमा मनाङ मर्स्यादी फुटबल क्लबे एनआटीको समना गर्नेछ ।
जारी सिजन ३ खेलबाट ४ अंक बनाएको मनाङले पहिलो खेलमा हिमालयन शेर्पासँग १-१ गोलको बराबरी, दोस्रो खेलमा संकटामाथि १-० गोल जित र तेस्रो खेलमा मछिन्द्रसँग गोलरहित बराबरीमा रोकिए थियो । यस्तै समान खेलबाट एक अंक जोडेको एनआरटी पहिलो जितको खेजिमा रहेको छ । एनआरटी सिजनको पहिलो खेलमा सातदोबाटोसँग २-१ र दोस्रो खेलमा जावलाखेलसँग समान २-१ ले नै पराजित भएको थियो भने तेस्रो खेलमा आर्मीसँग च्यासल मैदानमा ३-३ गोलको बराबरी खेलको थियो ।



