शुक्रबार, श्रावण २९ गते २०८३
images
images

हालाण्डको पाँच गोलसँगै सिटी क्वाटरफाइनलमा

एक्सप्रेस पाना
चैत्र १, २०७९ बुधबार
  • 227
    SHARES
  • हालाण्डको पाँच गोलसँगै सिटी क्वाटरफाइनलमा

    काठमाडौँ । इंग्ल्सि क्लब म्यानचेस्टर सिटी यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

    images

    मंगलबार राति भएको राउण्ड १६ को दोस्रो लिगमा जर्मनी क्लब आरबी लेइपजिंगलाई ७-० गोल अन्तरले पराजित गर्दै समग्रमा ८-१ को नतिजासहित म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

    म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले पाँच गोल गरेका थिए । हालाण्डको च्याम्पियन्स लिगमा यस खेलमा पाँच गोल गरेसँगै किर्तिमान समेत बनाएका छन् ।

    images

    उनी च्याम्पियन्स लिगको एक खेलमा पाँच गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । यस अघि शख्तर डोनेटस्कका लुइज एड्रीयानोले २०१४ मा लियोनेल मेसीले २०१२ मा पाँच गोल गरेका थिए । त्यस्तै हालाण्ड सबैभन्दा कम उमेरमै च्याम्पियन्स लिगमा ३० गोल गर्ने खेलाडी समेत बनेका छन् । योसँगै यस सिजनमा हालाण्डले सबैभन्दा बढी १० गोल गरेका छन् ।

    त्यस्तै यस खेलमा इके गुनडोगण र केभिन डी ब्रुनेले एक एक गोल गरेका थिए ।

    सिटीसँगै चेल्सी, बायर्न म्युनिख, इन्टर मिलान, एसी मिलान र बेनिफिका च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # च्याम्पियन्स लिग