काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अन्तिम सिरिजको अन्तिम खेलमा पीएनजीले यूएईलाई २३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
काठमाडौंको त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएपछि यूएईले २३५ रनको लक्ष्य पाएको हो ।
पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक ६६ रनको अर्धशतकिय पारी खेले । उनले ९ बलमा ६ चौका र १ छक्का प्रहार गरे । यस्तै नर्मन भानुवा ४९ रन, रिले हिकुरे ३३ रन, किप्लिन डोरिगा २४ रन, चाल्स अमिनि २२ रन बनाए भने गौडी टोकाले १५ रन बनाए ।
यता यूएईका लागि हजरत बिलालले सर्वाधिक ४ विकेट लिए ।
यसअघिको पहिलो खेलमा पीएनजीले युएईलाई ५६ रनले पराजित गरेको थियो ।



