शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

एक्सप्रेस पाना
चैत्र १, २०७९ बुधबार
  • 233
    SHARES
  • प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।

    images

    ‘प्रधानमन्त्री प्रचण्डले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गर्नुभयो’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्रीज्यूले सबैसँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

    यद्यपि औचारिक निर्णय भएको छैन ।’ सत्ता साझेदार दलका शीर्ष नेताले चैत ६ गते विश्वासको मत लिने विषयमा समझदारी बनाएका ती सदस्यले बताए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।

    images

     

  • सम्बन्धित विषय:

  • # प्रचण्ड