काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रदेश प्रमुखहरूले सामूहिक भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटकाक्रममा प्रदेश प्रमुख कार्यालयमा भएका समस्या लगायत विविध विषयमा छलफल भएको बताइएको छ ।
उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याका समाधान गर्न प्रयत्न गर्ने आश्वासन दिए । प्रधानमन्त्री निवासमा भएको भेटमा ६ वटा प्रदेशका प्रमुखहरूको सहभागिता थियो । वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रधानमन्त्रीसँगको भेटमा मुख्यतः संघीयताको प्रभावकारी कार्यान्वयनको विषयमा छलफल भएको जानकारी दिए ।
नेपालको संविधानमा प्रत्येक प्रदेशमा संघीय सरकारको प्रतिनिधिको रुपमा एक जना प्रदेश प्रमुख रहने व्यवस्था छ ।



