शुक्रबार, श्रावण २९ गते २०८३
images
images

वसीमको सानदार शतकमा पीएनजीमाथि यूएईको जित

एक्सप्रेस पाना
चैत्र १, २०७९ बुधबार
  • 216
    SHARES
  • वसीमको सानदार शतकमा पीएनजीमाथि यूएईको जित

    काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अन्तिम सिरिजको अन्तिम खेलमा पीएनजी यूएईसँग ६ विकेटले पराजित भएको छ । 

    images

    काठमाडौंको त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २३५ रनको लक्ष्य यूएईले ३८.४ ओभरमा मात्रै ४ विकेट गुमाएर पूरा गर्यो । 

    यूएईका लागि कप्तान मोहम्मद वसीमले सानदार शतकीय पारी खेले । उनले मात्र ७६ बलमा १२ चौका ६ छक्कासहित ११९ रन बनाए । यस्तै वृत्य अरविन्द ३३ रन, रिजवानले २९ रन र आर्यन खान २७ रनमा आउट भए । 

    images

    पीएनजीका लागि रिले हेकुरे २ र काबुआ मोरियाले एक विकेट लिए ।

    त्यसअघि काठमाडौंको त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएको थियो । 

    पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक ६६ रनको अर्धशतकिय पारी खेले । उनले ९ बलमा ६ चौका र १ छक्का प्रहार गरे । यस्तै नर्मन भानुवा ४९ रन, रिले हिकुरे ३३ रन, किप्लिन डोरिगा २४ रन, चाल्स अमिनि २२ रन बनाए भने गौडी टोकाले १५ रन बनाए । 

    यता यूएईका लागि हजरत बिलालले सर्वाधिक ४ विकेट लिए । 

    यसअघिको पहिलो खेलमा पीएनजीले युएईलाई ५६ रनले पराजित गरेको थियो ।

    उक्त जितसँगै यूएईले ३५ खेलबाट ३३ अंक जोडेको छ । पराजित पीएनजीको भने ३६ खेलबाट ११ अंकसहित पूछारमा रहेर लिग २ अन्त्य गर्यो । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट