काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले पाहुना टोली यूएईको सामना गर्दै
त्रिवि क्रिकेट मैदानमा हुने खेल घरेलु टोली नेपाल जित निकाल्दै जिम्बाबेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोट खेल्ने योजनमा रहेको छ ।
यहि सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले यूएईलाई १७७ रनले हराएको थियो । नेपाल आज पनि सोहि लय दोहोर्याउने दाउमा रहेको छ । नेपालले लिग २ का पछिल्ला ११ खेलमा १० जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानको ७ वाट लिग २ का खेलमा नेपाल अपराजित रहेको छ ।
लिग २ अन्तर्गत नेपालले अहिलेसम्म ३५ खेलबाट ३८ अंक बनाएको छ । आज खेलमा जित निकालेको खण्डमा नेपाल नामिबियालाई पछि पार्नेछ । नेपालले तेस्रो स्थानमा रहेर लिग २ अन्त्य गर्दै जिम्बाबेको टिकट काट्नेछ ।
यता समान खेलबाट ३३ अंक जोडेको यूएई पहिलो खेलमा पीएनजीसँग ५६ रनले पराजित भएको थियो । दोस्रो खेलमा पीएनजीलाई ६ विकेटले हिजो पराजित गरेको थियो ।
लिग २ मा स्कटल्याण्ड र ओमान पहिलो र दोस्रो स्थानमा रहदै एकदिवसीय विश्वकप छनोटमा पुगिसकेका छन् ।
अब शीर्ष तीनमा नामिबिया र नेपाल मध्ये एक हुने निश्चित भएको छ । नामिबिया अहिले ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल पाँचौ स्थानमा रहेको छ ।



