शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यूएईद्वारा नेपाललाई ३११ रनको लक्ष्य

एक्सप्रेस पाना
चैत्र २, २०७९ बिहीबार
  • 257
    SHARES
  • यूएईद्वारा नेपाललाई ३११ रनको लक्ष्य

    काठमाडौं । पाहुना टोली यूएईले आईसिसी विश्वकप लिग २ अन्तर्गत अन्तिम खेलमा नेपाललाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    images

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएपछि नेपालले ३११ रनको लक्ष्य पाएको हो । 

    यूएईका लागि आशिफ खानले शतकीय पारी खेले उनले ४१ बलमा १०० रन पूरा गरेका हुन् । 

    images

    वृत्य अरविन्द र कप्तान मोहम्मद वासिमले अर्धशतकीय पारि खेले । वासिमले ४९ बलमा ६३ रन बनाएर आउट भए । वृत्य ९४ रन र रोहन मुस्ताफा २० रन बनाए । 

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २, सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कामीले १/१ विकेट लिए । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट