शुक्रबार, श्रावण २९ गते २०८३
images
images

त्रिवि क्रिकेट मैदानमा तत्काल फ्लट लाइट जडान गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

एक्सप्रेस पाना
चैत्र ३, २०७९ शुक्रबार
  • 399
    SHARES
  • त्रिवि क्रिकेट मैदानमा तत्काल फ्लट लाइट जडान गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको एकमात्रै अन्तर्राष्ट्रिय क्रिकेट मैदान टियुमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन दिएका छन् । प्रचण्डले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन दिएका हुन् ।

    images

    प्रचण्डले मुलपानी, चितवन लगायत देशका विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने घोषणा पनि गरेका छन् ।

    प्रधानमन्त्रीले सोझै विश्वकप छनोटमा पुर्याउने नेपाली क्रिकेट खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेका छन् । प्रचण्डले सामाजिक सञ्जालमार्फत क्रिकेट खेलाडीलाई जनही तीन लाख दिने घोषणा गरेका हुन् ।

    images

    नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित हात पारेसँगै सोझै विश्वकप छनोटमा पुगेको छ । खराब प्रकाशका कारण खेल पुरा हुन नसकेपछि नेपाल डिएल मेथर्डमा विजयी भएको हो । उक्त खेल हेर्न प्रचण्ड पनि टियु पुगेका थिए ।

    जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो । खराब प्रकाशको कारण खेल त्यतिकैमा रोक्नु परेको थियो ।

    त्यसैको कारण प्रचण्डले तत्काल फ्लटलाइट लगाउन निर्देशन दिएका छन् । टियुमा तीन महिना अघिनै फ्टल लाइटको लागि माटो परिक्षणको काम भने सम्पन्न भई सकेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड