शनिबार, श्रावण ३० गते २०८३
images
images

प्रधानमन्त्री कप थ्री नेशन्स कपको टिकटिङ पार्टनरमा खल्ती

एक्सप्रेस पाना
चैत्र ३, २०७९ शुक्रबार
  • 323
    SHARES
  • प्रधानमन्त्री कप थ्री नेशन्स कपको टिकटिङ पार्टनरमा खल्ती

    काठमाडौं । आगामी प्रधानमन्त्री थ्री नेशन्स कपको टिकटका लागि एन्फाले  खल्तीलाई टिकटिङ पार्टनरको रुपमा सम्झौता गरेको छ ।

    images

    एन्फाले शुक्रबार खल्ती मार्फत टिकट बिक्री गर्ने सम्झौता भएको जनाएको हो ।

    एन्फा कम्प्लेक्समा भएको सम्झौतामा कार्यवाहक महासचिव तथा सहायक महासचिव दामोदर भट्टराई (बद्री) र खल्तीका प्रमुख मार्केटिङ अधिकृत अविनाश गुप्ताले हस्ताक्षर गरे ।

    images

    दशरथ रंगशालामा यहिँ चैत २२ देखि ३१ गतेसम्म सुरु हुने नेपाल, भुटान र लाओससहितको प्रतियोगिताको टिकट क्रमश ५ सय र १ हजार रुपैयाँ तोकिएको छ ।

    नेपालले उद्घाटन खेल मार्च २२ मा लाओससँग खेल्नेछ। मार्च २८ मा नेपाल र भुटानबीचको खेलअघि लाओसले मार्च २५ मा भुटानसँग खेल्नेछ । समूह चरणका सबै खेल बेलुका ६ बजे हुनेछन् । फाइनल मार्च ३१ मा साँझ ५ः३० बजे हुनेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल