प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १० गते सरकारले पूर्णता पाउने बताएका छन् ।
शुक्रबार लगानी बोर्डको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनभित्रमा सरकारले पूर्णता पाउने बताएका हुन् ।
‘विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत चैत ६ गते लिने भनिएको नै छ । त्यसको चार दिनभित्रमा सरकारलाई पूर्णता दिन्छु । प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिको निर्वाचन सकिएकाले सबै दलहरूसँग बसेर मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने बताए । प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार हुन कुनैपनि अप्ठ्यारो नरहेको बताए ।



