शनिबार, श्रावण ३० गते २०८३
images
images

ए डिभिजन लिग : आज तीन खेल हुँदै

एक्सप्रेस पाना
चैत्र ४, २०७९ शनिबार
  • 233
    SHARES
  • ए डिभिजन लिग : आज तीन खेल हुँदै

    काठमाडौँ । रााजधानीमा जारी सहिद स्मारक ए डिभिजन अन्तर्गत आज तीन खेल हुँदै छन् । आज अपराहन्न साढे २ बजेदेखि दुई खेल हुने छन् भने साँझ साढे ५ बजेदेखि एक खेल हुने छ ।

    images

    आज च्यासल मैदानमा साढे २ बजेदेखि फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् भने सोहि समयमा दशरथ रंगशालामा नेपाल पुलिस क्लब र एनआरटी भिड्दै छन् । 

    फ्रेन्ड्स क्लबले ४ खेलमा एक जित एक बराबरी र दुई हारसहित ४ अंक बटुलेको छ भने त्रिभुवन आर्मी क्लबले ४ खेलमा एक जित, दुई बराबरी र एक हारसहित ५ अंक बटुलेको छ । जारी लिगमा अहिलेसम्म कुनै अंक नजोडेको पुलिस पहिलो जित निकाल्ने योजनामा रहेको छ । एनआरटीले ४ खेलमा एक बराबरी र ३ हारसहित एक अंक बटुलेको छ ।

    images

    त्यस्तै साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब खेल्दै छन् । मनाङ मर्स्याङ्दी क्लबले ४ खेलमा २ जित र २ बराबरी खेल्दै ८ अंक बटुलेको छ भने एपीएफ क्लबले ४ खेलमा २ जित, एक बराबरी र एक हारसहित ७ अंक बटुलेको छ ।

    यस्तै हिजो भएको खेलमा चर्च ब्वाइज युनाइटेड र मछिन्द्र गोलरहित बराबरीमा रोकिदा जावलाखेलले थ्री स्टारलाई १-० गोलले पराजित गरेको थियो । 

  • सम्बन्धित विषय:

  • # फुटबल