काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पाँचौं चराणको खेलमा आर्मीले फ्रेन्ड्स क्लबमाथि पुनरागमन जित निकालेको छ ।
शनिबार च्यासल रंगशालामा भएको खेलमा आर्मीले फ्रेन्ड्समाथि २१ गोलको जित निकालेको हो ।
खेलको छैटौं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको २४ औं मिनेटमा गिल्स्पे जंग कार्कीले गोल गर्दै आर्मीलाई पहिलो हाफमै १-१ गोलको बराबरी अबस्थामा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा दिपक गुरुङले गोल गर्दै आर्मीलाई २-१ को जित दिलाए ।
उक्त जितसँगै आर्मीले ५ खेलबाट ८ अंक जोडेको छ । यता पराजित फ्रेन्ड्सको भने समान खेलबाट ४ अंक रहेको छ ।



