शनिबार, श्रावण ३० गते २०८३
images
images

ए डिभिजन लिग : सकियो पाँचौं चरण, कहिलेबाट सुरु हुन्छ छैटौं चरण ?

एक्सप्रेस पाना
चैत्र ५, २०७९ आइतबार
  • 287
    SHARES
  • ए डिभिजन लिग : सकियो पाँचौं चरण, कहिलेबाट सुरु हुन्छ छैटौं चरण ?

    काठमाडौं । राजधानीमा जारी यस सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७९ अन्तर्गत पाँचौं चरण्को खेल सकिएको छ । अब चैत २० बाट छैटौं चरणका खेलहरु सुरु हुनेछन् । पाँचौं चरणसम्मको खेल सकिदा ३५ खेलहरु सकिएको छ ।

    images

    शनिबार ३ खेल भएसँगै पाँचौं चरण सकिएका हुन् । शनिबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मर्याङदी विजयी हुँदा एपिएफ र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेले । 

    पाँचौं चरण सकिएसँगै जारी लिगमा सातदोबाटो युथ क्बल १२ अंकसहित शीर्ष स्थानमा रह्यो भने समान ११ अंक रहेको मनाङ दोस्रो र चर्च ब्वाइज तेस्रो स्थानमा रह्यो । 

    images

    MMC.jpg

    जारी लिगमा पाँचौं चरणको खेल सकिएसँगै नेपाल पुलिस क्बलले पहिलो अंक जोडेको छ । शनिबार भएको खेलमा न्यूरो टिम एनआरटीसँग १-१ गोलको बराबरी खेल्दै पहिलो अंक जोडेको हो । पुलिस यस अघिका सबै ५ खेलमा हार ब्यहोरेको थियो । 

    पुलिस १ अंकसहित अंक तालिकाको पुछारमा रहेको छ । यस्तै पुलिस सँग बराबरीमा रोकिएको एनआरटी पनि समना खेलबाट २ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ । 

    चर्च र मनाङ अपराजित
    यस सिजको पाँचौं चरणको खेल सकिँदा चर्च ब्वाइज युनाइटेड र मनाङ मर्याङदी फुटबल क्बल मात्रै अपराजित रहेका छन् । ५ खेलबाट समना ११ अंक जोडेको मनाङ र चर्च मात्रै जारी सिजनमा अपराजित रहेको क्लब हुन् ।

    मनाङले यस सिजनको पहिलो खेलमा हिमालयन शेर्पा कबलसँग १-१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा संकटा फुटबल क्बलाई १-० गोलले पराजित गरेको थियो । यस्तै तेस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । 

    चौथो खेलमा न्यूरो टिम एनआरटीमाथि ३-१ गोलको सानदार जित निकालेको थियो भने पाँचौं खेलमा शनिबार एपिएफमाथि २-१ गोलको पुनरागमन जित निकालेको थियो । 

    यता चर्च ब्वाइजले भने पहिलो खेलमा नेपाल पुलिसमाथि २-१ गोलको पुनरागमन जित निकालेको थियो । दोस्रो खेलमा एफसी खुमलटारमाथि ३-१ गोलको जित । तेस्रो खेलमा हिमालयन शेर्पामाथि १-० गोलको जित निकालेको थियो भने चौथो खेलमा संकटा फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । पाँचौ खेलमा शुक्रबार मछिन्द्र फुटबल क्लबसँग बराबरीमा रोकिएको थियो । 

    पाँचौं चरणसम्म कुल ७० गोल 
    यस सिजनको ३५ खेल सकिदा कुल ७० गोल भएको छ । यस सिजनमा मनाङ, आर्मी, जावलाखेल र एनआरटीले सर्वाधिक ७/७ गोल गरेका छन् । सर्वाधिक गोल खाने टोली एनआरटीले ११ गोल व्यहोरेको छ  ।   

    यस्तै पाँचौं चरणसम्म सर्वाधिक गोलकर्ता सातदोबाटोका दीपक सिंह ठकुरी रहेका छन् । उनले यस सिजनको ५ खेलमा ४ गोल गरेका छन् । थ्री स्टारका अजयी मार्टिन र मनाङका सेदजामोल दाभ्लातजोनोभले समान ३ गोल गर्दै शीर्ष तीनमा छन् ।

    मनाङका रोशन राना मगर, आर्मीका दीपक गुरुङ, मछिन्द्रका आफिज ओलावाले, फ्रेन्ड्सका राफिक एमिनु, एनआरटीका सन्जिब विष्ट, जावलाखेलका सिमान्त थापा, एपीएफका अर्मान्ड बेडोम र खुमलटारका मेसुके ओलुमोउले २ गोल गरेका छन् ।

    MMC.jpg

    यस सिजनको लिगमा साविक विजेता मछिन्द्र क्लबसहित मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चर्च ब्वाइज फुटबल क्लब, हिमालयन शेर्पा, संकटा, फ्रेन्ड्स क्लब, एफसी खुमलटार, जावालाखेल युथ क्लब, न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लब छन् ।

    यस्तै यसपटक लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टिमले तीन लाख पाउने छ । मोस्ट भ्यालुएबल खेलाडीले तीन लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले दुई लाख र इमर्जिङ प्लेयरले एक लाख ५० हजार रुपैयाँ पाउने छन् ।

    यस्तै यसपटको ए डिभिजन लिगका रहेक खेल स्पेस फोर के टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

    पाँचौ चरणको खेल पछि अंकतालिका 

    No photo description available.


     

  • सम्बन्धित विषय:

  • # फुटबल