शनिबार, श्रावण ३० गते २०८३
images
images

शेर्पालाई १-० ले हराउँदै थ्री स्टार तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

एक्सप्रेस पाना
चैत्र ५, २०७९ आइतबार
  • 337
    SHARES
  • शेर्पालाई १-० ले हराउँदै थ्री स्टार तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

    काठमाडौं । थ्री स्टार क्लब २२औं संस्करणको तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    बुटवलको देविनगर स्थित एन्फा टेक्निकल सेन्टरमा आइतबार भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    थ्री स्टारको जितमा दिपेश गुरुङले खेलको ८३औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । 

    images

    अब थ्रीस्टारले सेमिफाइनलमा सुदूरपश्चिम-११ सँग भिड्ने भएको छ । सुदूरपश्चिमले रुपन्देही-११ लाई शनिबार ३-१ को गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

    यस्तै भोलि सोमबार विभागीय टोली एपीएफ क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुने छ । दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल