मकवानपुर । मकवानपुर जिल्लास्तरीय दोस्रो अन्तरपालिका पुरुष नकआउट फुटबल प्रतियोगितामा साविक बिजेता थाहा नगरपालिकाले राक्सिराङ गाउँपालिकालाई पराजित गरेको छ । पहिलो संस्करणकोे उपाधि बिजेता थाहा नगरपालिकाले आईतबार भएको खेलमा राक्सिराङ गाउँपालिकालाई शुन्यका बिरुद्ध तीन गोल गरेको हो ।
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको व्यवस्थापनमा हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा जारी प्रतियोगितामा थाहा नगरपालिकाको तर्फबाट खेल दोस्रो हाफको ५१ मिनेटमा सन्दिप श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस लगत्तै थाहाका तर्फबाट ५४ र अतिरिक्त समयको दोस्रो (७२) मिनेटमा राजन थापाले थप दुई गोल गर्दै थाहा नगरपालिकालाई जित दिलाएका हुन् । आजको खेलको म्यान अफ दि म्याच पनि दुर्ई गोल गर्ने थापा नै घोषित भए ।
प्रतियोगितामा अहिले हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाबीच प्रतिष्पर्धा भईरहेको छ । आगामी चैत्र ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिता प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताबाट उत्कृष्ठ २४ खेलाडी छनौट गरेर बागमती प्रदेश खेलकुदमा सहाभागि गराईने बताईएको छ । पहिलाे खेल जिल्ला समन्वय समितिका शाखा अधिकृत शुिनता कुमारी गजुरेलकाे सभाध्यक्षाता एवम् हेटाैंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाकाे प्रमुख आतिथ्यतामा भएकाे हाे ।



