काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गतको एल क्लासिको बार्सिलोना विजयी भएको छ ।
आइतबार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नेउमा भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
यस खेलमा तिनै गोल बार्सिलोनाका खेलाडीले गरेका थिए ।
यस खेलमा रोनाल्डो अराउजोको आत्मघाती गोलबाट खेलको नवौं मिनेटमा रियल म्याड्रिडले सुरुवाताी अग्रता लिएको थियो । त्यसपछि खेलको ४५औं मिनेटमा सेर्गी रोबेर्टोको गोलमा बार्सिलोनाले बराबरी गोल गरेको थियो ।
बार्सिलोनाका लागि निर्णायक गोल खेलको ९२औं मिनेटमा फ्रेंयाक केस्सेले गरेका थिए ।
उक्त हारसँगै रियल म्याड्रिडलाई ला लिगा उपाधिको दौडमा ठुलो धक्का लागेको छ । जितपछि शिर्ष स्थानमा रहेको बार्सिलोना स्पष्ट १२ अंकले अगाडी भएको छ । बार्सिलोनाको २६ खेलमा ६८ अंक भएको छ भने रियल म्याड्रिडको २६ खेलमा ५६ अंक रहेको छ ।



