काठमाडौं, असार २९ गते । माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले सोमबार सर्वोच्च अदालतले गरेको फैसलाको औपचारिकरुपमा स्वागत गरेको छ ।
यसका साथै सर्वोच्चको फैसला कार्यान्वयनको प्रक्रिया अगाडि बढेको सन्दर्भमा राष्ट्रिय सहमतिसँगै एकताबद्ध भई अघि बढ्ने निर्णय गरेको पार्टी प्रवक्ताले बताउनुभयो ।
आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न लागिएको र मन्त्रिपरिषद् गठन गर्ने सन्दर्भमा पनि नेकपा माओवादी केन्द्रको बैठकमा छलफल भएको जानकारी दिनुभयो ।
सरकार गठनका सन्दर्भमा अबको सरकारको स्वरुप लगायतका विषयमा पार्टी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले काँग्रेस सभापति देउवासँग ठोस छलफल गरेर अघि बढ्ने निर्णय गरेको प्रवक्ताले बताउनुभयो । नेकपा माओवादी केन्द्र स्थायी कमिटीको बिहान कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक सम्पन्न भएको छ ।
.jpg)

