शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कप्तान पौडेललाई गृहजिल्लामा भव्य स्वागत

एक्सप्रेस पाना
चैत्र ७, २०७९ मंगलबार
  • 261
    SHARES
  • कप्तान पौडेललाई गृहजिल्लामा भव्य स्वागत

    नवलपरासी । नेपाली क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । केही दिन अघि मात्र सम्पन्न आईसिसी विश्वकप लिग २ अन्तर्गत युएईलाई हराउँदै नेपाललाई एकदिवसीय विश्वकपको छनोट चरणमा पुर्याउन सफल भएका थिए । 

    images

    गृहजिल्ला पश्चिम नवलपरासी आई पुगेका कप्तान पौडेललाई पश्चिम नवलपरासीमा रहेका विभिन्न सङ्घसंस्था र स्थानीय तहहरुले स्वागतसहित सम्मान गरेका हुन । जेसिस,खेलकुद विकास समिति,लायन्स क्लब लगायतका सस्थाहरुले विभिन्न कार्यक्रम गरि सम्मान गरेका हुन।

    यसै बीच बर्दघाट नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी कप्तान पौडेललाई पुरस्कार स्वरूप रु ५१ हजार र प्रमाणपत्रसहित सम्मान गरेको छ।

    images

    कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उपाध्यायले नेपालमा मात्र नभै विश्वभर नेपाललाई चिनाउन भूमिका खेलेको भन्दै सफलताको शुभकामना ब्यक्त गर्नुभयो। कप्तान पौडेल बर्दघाट नगरपालिका वडा नम्बर १४ निवासी भएकाले बर्दघाट नगरपालिका खेलकुद क्षेत्रको उर्वर भूमिको रुपमासमेत परिचित हुँदै गएको अवस्थामा गौरवमय इतिहास कायम गर्न सफल भएकोमा खेलाडीको सम्मान र खेलकुद क्षेत्रको प्रवर्द्धनमा नगर सधैँ लागि पर्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो।

    कार्यक्रममा कप्तान रोहित कुमार पौडेलले आगामी दिनमा समेत उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन अहोरात्र खटिने बताउनु भयो। मातृभूमिमा आफूलाई गरिएको सम्मानले थप ऊर्जा मिलेको कप्तान पौडेलले बताउनु भयो। कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु मगर,नगर खेलकुद विकास समितिका संयोजक दिपक थापा लगायत स्थानीय खेलप्रेमिहरुको बाक्लो उपस्थिति रहेको थियो।कप्तान पौडेलको  सम्मानका निम्ति नवलपरासी विभिन्न ठाउँमा कार्यक्रमहरूको आयोजना गरिएको छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट