शनिबार, श्रावण ३० गते २०८३
images
images

थ्री नेसन्स कपको लागि नेपाली टिम घोषणा

एक्सप्रेस पाना
चैत्र ७, २०७९ मंगलबार
  • 212
    SHARES
  • थ्री नेसन्स कपको लागि नेपाली टिम घोषणा

    काठमाडौं । प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ ।

    images

    पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले आफ्नो टोली घोषणा गरेका छन् ।

    दशरथ रंगशालामा बुधबारदेखि सुरु हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसको सहभागिता रहेको छ ।

    images

    नेपालले उद्घाटन खेल मार्च २२ मा लाओससँग खेल्नेछ। मार्च २८ मा नेपाल र भुटानबीचको खेल अघि लाओसले मार्च २५ मा भुटानसँग खेल्नेछ। समूह चरणका सबै खेल साँझ ६ बजे सुरु हुनेछन्।

    फाइनल मार्च ३१ मा साँझ ५ः३० बजे हुनेछ । सबै खेलहरू मार्चमा फिफा विन्डोमा खेलिनेछन्।

    नेपाली टोली : किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान्त खड्का, पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा, भरत खवास, आयुष घलान, नवयुग श्रेष्ठ, दीपक सिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ, मनिष डाँगी रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # फुटबल