शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मनाङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

एक्सप्रेस पाना
चैत्र ७, २०७९ मंगलबार
  • 232
    SHARES
  • मनाङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

    काठमाडौं । ए डिभिजन लिग फुटबल क्लब मनाङ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

    images

    बुटवल-११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार भएको खेलमा अर्को ए डिभिजन क्बल नेपाल पुलिसलाई २-१ गोलअन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । शुरु देखि नै दबाबमा रहेको नेपाल पुलिसले एक गोल फर्काएपनी जितको लागि पर्याप्त भएन ।

    मनाङ मर्स्याङ्दीका लागि प्रशन्न श्रेष्ठले खेलको ३२औं मिनेटमा र चेतन कुमार थारुले पहिलो हापको एक्स्ट्रा टाईममा एक एक गोल गरेका थिए । क्लवका खेलाडी अनिस पोमु लिम्बू र जीवन गुरुङले पहेँलो कार्ड पाएका थिए ।

    images

    नेपाल पुलिस क्लवका बुद्ध बल तामाङले एक गोल फर्काएका थिए। तामाङले दोस्रो हापको १७ औ मिनेटमा गोल गरेजा थिए । नेपाल पुलिस क्लवका खेलाडी मनोर राई र कृष्ण गुरुङले पहेँलो कार्ड पाएका थिए ।

    दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

    सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल