काठमाडौँ । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता आज (बुधबार) बाट सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपालले लाओसँग भिड्दै छ । उद्घाटन खेलमा घरेलु टोली नेपालले साँझ ६ बजे लाओसँग खेल्ने भउको हो ।
आजको खेलमा नेपाल सहज जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।
नेपाल लाओभन्दा बलियो टोली हो । नेपाली टोलीका मुख्य प्रशिक्षक एल्बर्टो एनासीले लाओसविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य भएको बताएका छन् ।
थ्री नेसन्स कपमा आयोजक नेपालसँगै भुटान र लाओस सहभागि छन् । प्रतियोगिताको विजेताले पाँच हजार डलर पुरस्कार पाउनेछ भने उपविजेताले तीन हजार डलर पाउनेछन् ।



