काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल खेलमा विजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुरस्कार वितरण गर्ने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राईसहितको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटारमा समापनको निमन्त्रणापत्र लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।
प्रधानमन्त्री दाहालले समापन समारोहमा सहभागी हुन र विजेताहरुलाई पुरस्कार र मेडल वितरण गर्न सहजै सहमति जनाएका थिए ।
दशरथ रंगशालामा बुधबारदेखि सुरु हुने प्रधानमन्त्री थ्री नेसन्स कप प्रतियोगितामा नेपाल, भुटान र लाओसको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन सत्रको राष्ट्रिय सुरक्षा परिषदका सदस्य सचिव घिसिङले उद्घाटन गर्नेछन् । दशरथ रंगशालामा आज साँझ ६ बजे उद्घाटन खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्नेछ ।



