शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एकदिवसीय वरीयतामा नेपालको एक स्थान सुधार

एक्सप्रेस पाना
चैत्र ८, २०७९ बुधबार
  • 266
    SHARES
  • एकदिवसीय वरीयतामा नेपालको एक स्थान सुधार

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को एकदिवसीय वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमले एक स्थान सुधार गरेको छ ।

    images

    आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १५औँ स्थानमा उक्लिएको हो । नेपाल यसअघिको वरीयतामा १६औँ स्थानमा थियो ।

    आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम तीन एकदिवसीय शृंखलामा गरेको प्रदर्शनका आधारमा नेपालको वरीयतामा सुधार भएको छ ।

    images

    एकदिवसीय वरीयताको शीर्ष स्थानमा भारत छ । दोस्रो स्थानमा अस्ट्रेलिया, तेस्रोमा न्युजिल्यान्ड, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा पाकिस्तान छ । त्यस्तै नेपालसँग हालै पछिल्लो सिरिज खेलेको युएई १९ र पीएनजी २०औं स्थानमा रहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट