शनिबार, श्रावण ३० गते २०८३
images
images

अनन्त तामांगको गोलमा नेपाललाई पहिलो हाफमा १-० को अग्रता

एक्सप्रेस पाना
चैत्र ८, २०७९ बुधबार
  • 271
    SHARES
  • अनन्त तामांगको गोलमा नेपाललाई पहिलो हाफमा १-० को अग्रता

    काठमाडौँ- नपालमा आजबाट सुरु भएको प्रधानमन्त्री थ्री नेशन कप फुटबल प्रतियोगिता अन्तर्गत भएको उद्घाटन खेलमा नेपाल र लाओसबिचको खेलको पहिलो हाफमा नेपालले १-० गोलअन्तरको अग्रता लिएको छ ।

    images

    नेपालका लागी खेलको ३०औ मिनेटमा नविन लामाले प्रहार गरेको कर्नर किकमा डिफेन्डर अनन्त तामांगले हेडर मार्फत गोल गर्दै नेपाललाई खेलमा सुरुवाती अग्रता दिलाएका हुन्। 

    लाओसविरुद्धको पहिलो हाफमा नेपाल केही हावी देखिएपनि थप गोल भने गर्न सकेनन्। फर्वाड लाइनमा दुई भेट्रान खेलाडी नवयुग श्रेष्ठ र भरत खवास रहेपनि उनीहरुले नेपालका लागी जाली चुमाउन सकेका छैनन्। त्यस्तै यी दुई फर्वाडलाई अर्का युवाफर्वाड आयुस घलानले साथ दिइरहेका छन्।
      त्यस्तै लाओसलेपनि खेलमा केहीपटक नेपालको पोष्ठमा आक्रमक खेलेर गरेको प्रहारलाई टिम कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाएका छन्।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल