शनिबार, श्रावण ३० गते २०८३
images
images

सुदूरपश्चिम–११ तिलोत्तमा गोल्डकपको फाइनलमा

एक्सप्रेस पाना
चैत्र ८, २०७९ बुधबार
  • 280
    SHARES
  • सुदूरपश्चिम–११ तिलोत्तमा गोल्डकपको फाइनलमा

    काठमाडौं । सुदूरपश्चिम–११ रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

    images

    बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा थ्री स्टार क्लबलाई १–० गोलले पराजित गर्दै सुदूरपश्चिम–११ उपाधि नजिक पुगेको हो ।

    सुदूरपश्चिमका लागि फागुराम थारुले दोस्रो हाफको ३९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

    images

    सुदूरपश्चिम–११ ले उद्घाटन खेलमा रुपन्देही–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । १५ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको साबिक विजेता थ्रीस्टारले गोलको अवसर सदुपयोग गर्न नसक्दा सेमिफाइनलमै रोकिएको हो । थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोलले हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो ।

    प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनलमा बिहीबार मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । सुदूरपश्चिमले अब उपाधिका लागि बिहीबार हुने सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । तिलोत्तमा गोल्डकप फुटबलको उपाधि भिडन्त भने आगामी शनिबार हुनेछ ।

    प्रतियोगितामा नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, मनाङ मर्स्याङ्दी, रुपन्देही–११, थ्रीस्टार, हिमालयन शेर्पा, फ्रेन्डस क्लब र सुदूरपश्चिम–११ ले प्रतिस्पर्धा गर्नेछन् । दुई विभागीयसहित ८ टीम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । 

  • सम्बन्धित विषय:

  • # फुटबल